वालिङ जेसीजको १७औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङले विधि र पद्धति जेसिजवाट सबैले सिक्नुपर्ने कुरामा जिकिर गरे । नेता गुरुङले युवाहरु अग्रसर हुने हो भने देश बिकास गर्न धेरै समय नलाग्ने बताउदै वालिङ जेसिजलाइ सामाजिक कार्यमा लाग्न शुभकामना दिएका थिए । कार्यक्रममा बिशिस्ट अतिथि नेपाल जेसिजका वर्ष २०२१का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि भोजराज चापागाईंले वालिङ जेसिजले अहिले सम्म गरेका कार्यहरुको तारिफ गर्दै अहिलेको कार्यसमितिको पालामा झनै उदाहरणिय कामहरू हुने भन्दै नया कार्यसमितिलाइ शुभकामना दिएका थिए। कार्यक्रममा सम्पुर्ण साखाहरुको अध्यक्षको तर्फबाट मात्री शाखा पोखरा जेसिज २०२१ अध्यक्ष जेसि इ किरण केसिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाणले वालिङ जेसिजसंग नगरपालिका सहकार्य गरेर अगाडि बढ्ने बताए त्यस्तै उपप्रमुख कल्पना तिवारीले जेसिजले युवाको ब्यक्तित्त्व र नेतृत्व बिकासका लागि गरेका कार्यको प्रशंसा गरिन । कार्यक्रममा वालिङ जेसिजका संस्थापक अध्यक्ष जेसि लक्ष्मी प्रसाद रेग्मिले वालिङ जेसिजको प्रगति देख्दा खुसी लाग्ने बताए । कार्यक्रममा भिरकोट नगरप्रमुख छायाराम खनाल, चापाकोट नगरप्रमुख शिव कुमार गिरि,नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र ख का सभापति अर्जुन प्रकाश अर्याल,वालिङ उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुन खनाल,नेकपा वालिङ नगर कमिटी अध्यक्ष राजेन्द्र डुम्रे,नेपाली काङ्ग्रेस माहाधिवेषन प्रतिनिधि गुरु प्रसाद भट्टराई,वालिङ उधोग वाणिज्य संघका माहासचिव केसर बाहादुर खाण ,रेडियो आधिखोलाका अध्यक्ष नेत्र प्रसाद पाण्डे,गल्याङ १० का वडा अध्यक्ष धुर्व शर्मा पङ्गेनि,वालिङ ८ का वडा अध्यक्ष कमल प्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । वालिङ जेसिज वर्ष २०२० अध्यक्ष जेसि होमकान्त गौतमले वर्ष २०२१ का अध्यक्ष जेसि विश्वास लम्साललाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा वालिङ,भिरकोट,गल्याङ,चापाकोटका नगरप्रमुखहरु ,सम्पादक मणि प्रसाद अर्याल,वालिङ टेलिभिजनका प्रविधिक मोहन सुनार,वालिङ ट्भि प्रवन्धक जोगराज पाठक लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा गल्याङ १० का वडा अध्यक्ष धुर्व शर्मा पङ्गेनिलाइ वालिङ जेसिजको मानार्थ सदस्यता प्रदान गरिएको थियो । वालिङ जेसिजले विशेष गरि १८ बर्षदेखि ४० बर्षसम्मका युवाहरुलाइ ब्यक्तिको ब्याक्तित्व र नेतृत्व बिकासको लागि त्यस्तै अन्य सामाजिक काम गर्दै आइरहेको छ । कार्यक्रममा जेसिजको आस्था पाठ मिना रेग्मिले गरिन भने जेसिआइ मिसन र भिजन जेसि सन्ध्या गौतमले बाचन गरेकी थिइन । कार्यक्रममा वालिङ नगरपालिका भित्रका विभिन्न संघ/संस्थाका अध्यक्ष एबम प्रतिनिधि, पत्रकार, जेसिजका पदाधिकारी तथा सदस्य वडा प्रहरी कार्यलयका निरीक्षक,ससत्र प्रहरी नायक उपरीक्षक तथा अन्य ब्यक्तित्वको उपस्तिथि रहेको थियो । कार्यक्रमको संयोजक राजु तिवारी रहेका थिए । पहिलो चरणको कार्यक्रममा वर्ष २०२० का अध्यक्ष जेसि होमकान्त गौतमको सभापतित्वमा भएको थियो भने दोस्रो चरणमा वर्ष २०२१ का अध्यक्ष जेसि विश्वास लम्सालको सभापतित्वमा भयको थियो भने सम्पूर्ण कार्यक्रमको संचालन वर्ष २०२१ का महासचिव जेसी यज्ञपुरुष रिजालले गरेका थिए ।https://himdut.com/2021/01/29/%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%9c%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%ad-%e0%a4%94%e0%a4%82-%e0%a4%aa%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%a5/?fbclid=IwAR3WRSsBB6w8sMTgFRcaLIevPg65a7IZQ99_qkRzFnKaiVl-rdkIebqBuK8 https://aadhikholakhabar.com/2021/01/jci-waling-4/?fbclid=IwAR3FVOJEasih_RR-Wgf0Dq8h0_ldadd4idvR8poz03rxoCRSa8gcxUqW_uc