Pre Induction and Lom Officers Training Posted on 16-01-2022

चारअाली जेसीज काे पहिलाे कार्यक्रम अन्तरगत "Pre Induction and Lom Officer Training" 15th january 2022 (२०७८ माघ १) गते शनिवारका दिन मेचिनगर १३ अवस्थित फ्रेन्डसिप कर्नर एण्ड पार्टि प्यालेसमा सम्पन्न भएकाे हाे । बर्ष २०२२ का शाखा अध्यक्ष जेसि वीर बहादुर बेघा (बिरु) ज्युकाे अध्यक्षता तथा बर्ष २०२२ का तालिम निर्देशक जेसि भुपेन्द्र प्याकुरेल काे संयाेजकत्वमा भएकाे कार्यक्रमकाे मुल प्रशिक्षक दमक जेसिज बर्ष २०१७ का शाखा अध्यक्ष जेसि गाेबिन्दराज कट्टेल रहनुभएकाे थियाे । बर्ष २०२२ का पदाधिकारि तथा उल्लेखिय संख्यामा प्रशिक्षार्थिहरुकाे सहभागिता रहेकाे कार्यक्रममा प्रशिक्षक कट्टेलले पदिय जिम्मेवारी र कर्तब्य तथा जेसिजकाे लक्ष्य र उदेश्यकाे बारेमा अबगत गराउनु भएकाे थियाे ।उद्घाटन समाराेहकाे प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष (चारअालि जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष) जेसि कुमार सिंह सावा लिम्बू रहनु भएकाे थियाे भने समापन समाराेहकाे प्रमुख अतिथि क्षेत्र क का लागि निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसि दिपेन्द्र निराैला रहनु भएकाे थियाे । कार्यक्रममा चारअालि जेसीजका संस्थापक अध्यक्ष जेसी बिष्णु प्रसाद रिमाल, बर्ष २०१७ का शाखा अध्यक्ष जेसि धन बहादुर तामाङ, बर्ष २०२० का शाखा अध्यक्ष जेसि दिपेन्द्र निराैला (बिकास) ज्युकाे उपस्थिति रहेकाे कार्यक्रमकाे संचालन बर्ष २०२२ का महासचिव जेसि सुजुप सुवेदीले गरेका थिए ।


Whoops, looks like something went wrong.