ब्यावसाय प्रबद्वनका लागि कृषि तथा ब्याबसायिक फार्म अबलाेकन भ्रमण Posted on 30-01-2022

चारआली जेसिजले व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले कृषि तथा व्यवसायीक फर्म अवलोकन भ्रमण सम्पन्न गरेको छ । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघाको नेतृत्वको टोलीले भद्रपुर र मेचीनगर नगरपालिकाका विभिन्न स्थानमा रहेका कृषि तथा व्यवसायीक फर्मको अवलोकन गरेको हो । जेसिजले भद्रपुर नगरपालिका वडा नं.१० कवलगुडीस्थित मामाभाञ्जा कृषि फर्म, मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा रहेको प्याराडाइस कृषि फर्म तथा मेचीनगर नगरपालिका वडा नं.१४ पाथिभरा चोकमा रहेको मोर्डन एग्रिकल्चर फर्मको अवलोकन गरेको चारआली जेसिजका सचिव शिक्षा घिमिरेले जानकारी दिइन् । उक्त अवसरमा चारआली जेसिज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपाने, बोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


Whoops, looks like something went wrong.