चारआली जेसीजद्वारा राहत तथा सहयोग वितरण कार्यक्रम Posted on 31-01-2022

जेसिजले मेचीनगर नगरपालिका वडा नं।१४ सन्थाल बस्तीको आगलागी पिडीत बच्चामही मर्डीको परिवारलाई लत्ताकपडा एवं खाद्यान्न प्रदान गरेको हो । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा, चारआली जेसिज वर्ष २०१५ का अध्यक्ष राजेश गिरी, वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौला तथा बोर्डका पदाधिकारीको टोली मर्डीको घरमै पुगेर ब्ल्याङ्केट, तेल, चामल, नुन र दाल सहयोग गरेको हो । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघाको अध्यक्षतामा भएको सहयोग कार्यक्रमको सञ्चालन उपाध्यक्ष नेत्रप्रसाद मिश्रले गरेका थिए । गत शुक्रबार भएको आगलागीबाट घर, छोराको उपचार गर्न राखेको नगद ६० हजारसहित घरमा भएका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट हुँदा बिचल्लीमा परेका मर्डी परिवारलाई जेसिजले सहयोग गरेको चारआली जेसिजका कोषाध्यक्ष कुमार तामाङले जानकारी दिए ।


Whoops, looks like something went wrong.