ECAPP (Effective Chairmanship And Parliamentary Meeting Procedure) Organized by JCI Charali Posted on 13-02-2022

 चारआली जेसिजले प्रभावकारी संसदीय बैठक प्रणाली तालिम शनिबार सम्पन्न गरेको छ । चारअाली जेसीजकाे अायाेजना तथा क्षेत्र `क´ का १७ शाखाहरु अर्जुनधारा जेसिज, बिरता जेसिज, बाह्रदर्शी जेसिज, भद्रपुर जेसिज, बिरता लेडि जेसिज, बेलबारी जेसिज, दमक जेसिज, धुलाबारी जेसिज, गौरादह जेसिज, मेचीनगर लेडिज जेसिज, रतुवामाई जेसिज, सतासिधाम जेसिज, सुरुङ्गा जेसिज, प्रस्तावित कञ्चनकवल जेसिज तथा प्रस्तावित सूर्योदय जेसिजको संयुक्त आयोजनामा भएको तालिममा १०० जना भन्दा बढीको सहभागिता रहेको थियो । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा’विरु’को अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य रहनु भएकाे थियाे । उक्त तालिमको सहजीकरण नेपाल जेसिज बर्ष १९९७ का पूर्व राष्ट्रिय अध्यक्ष जेसिअाई सिनेटर रविन्द्रकुमार कर्ण र नेपाल जेसीज बर्ष १९९५ का राष्ट्रिय अध्यक्ष जेसिअाई सिनेटर अनिल भेटवालले गर्नुभएकाे थियाे । तालिममा नेतृत्व कर्तामा हुनु पर्ने गुण, संसदीय सभा प्रणाली बैठक तथा सभा किन गर्ने, बैठकका प्रकार, असल बैठक सञ्चालन गर्ने विधि तथा प्रक्रिया लगायतका बारेमा सहजीकरण गरीएको थियो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि विमल आचार्य, नेपाल जेसिजका महासचिव कृष्ण सापकोटा, नेपाल जेसिजका क्षेत्र ‘क’ निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा, नेपाल जेसिजका क्षेत्र ‘क’ तालिम संयोजक राजेश खत्री, चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष तथा राष्ट्रिय एसडिजी चियरपरशन उत्तम पकुवाल, चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, धुलाबारी जेसिजका अध्यक्ष रविन्द्र पाठक लगायतले आ-आफना धारणा राख्नु भएकाे थियाे । सो तालिम समापन समरोहमा रतुवामाई जेसिजका अध्यक्ष ईन्द्रमनि भटटराई र सुरुङ्गा जेसिजका अध्यक्ष सुस्मा न्यौपानेले आ-आफना सिकाई मन्तव्य राख्नु भएकाे थियाे । उक्त कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजिव प्रसाईं, राष्ट्रिय तालिम आयुक्त मोहनप्रसाद ढुंगाना तथा नेपाल जेसिजका क्षेत्र ‘घ’ एसडिजी चियरपरशन घनश्याम डाँगि लगायतको उपस्थिति रहेको थियो । चारआली जेसिजका सचिव शिक्षा घिमिरेले आस्था वाचन गरेकी थिइन् भने तालिम संयोजक भुपेन्द्र प्याकुरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।


Whoops, looks like something went wrong.