वीरता जेसीज सन् २०२२ का अध्यक्ष प्रविन खड्काको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा वीरता जेसीजको ४२ औं साधारण सभा तथा शाखा अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको छ । वीरता जेसीजको ४२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा अक्षयकोषका दाता सावित्रा ढकालले नगद र प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले सम्मान पत्र सम्पादक निरौलालाई प्रदान गरेका थिए । सोही कार्यक्रममा दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार पूर्वअध्यक्ष राजेन्द्र चौलागाईलाई प्रदान गरिएको थियो । वीरता जेसीजका पूर्वअध्यक्ष दिलकुमार घिमिरेको स्मृतिमा रेखा घिमिरे र लव घिमिरेले अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार दाता लव घिमिरेले नगद र प्रमुख अतिथि प्रसाईंले सम्मान पत्र पूर्वअध्यक्ष राजेन्द्र चौलागाईलाई प्रदान गरेका थिए । त्यस्तै वीरता जेसीजका मानार्थ सदस्य बशन्त रिमालले आफ्नी आमा दमयन्ता रिमालको स्मृतिमा स्थापना गरेको दमयन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज अवार्ड पुरस्कार आयुस समशेर थापालाई प्रदान गरिएको थियो । पुरस्कार दाताका छोरा सुवर्ण रिमालले नगद र र प्रमुख अतिथि प्रसाईंले सम्मान पत्र थापालाई प्रदान गरेका थिए । त्यस्तै वीरता जेसीजका कार्यालय सचिव सञ्जय राजवंशीलाई वर्ष उत्कृष्ट जेसीज पुरस्कार प्रदान गरिएको थियो । वीरता जेसीजका अध्यक्ष प्रविन खड्का र प्रमुख अतिथि प्रसाईंले कार्यालय सचिव राजवंशीलाई नगद र सम्मान पत्र प्रदान गरेका थिए । यसैवीच वीरता जेसीज बिर्तामोडको ४२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत राजीव धिमालले सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीसहित नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । वीरता जेसीजको ४२ औं साधारण सभा तथा शाखा अधिवेसनबाट सन् २०२३ को अध्यक्षमा घनश्याम चौधरी, कार्यकारीणी उपाध्यक्षमा सुरज चौधरी, टीकाराम खतिवडा,उपाध्यक्षमा प्रज्जवल विमलि, सुमनकुमार पोद्दार ,बाप्पा साह ,राज मुखिया निर्वाचित भएका थिए भने तालिम संयोजकमा दिपेन धिमाल, संयुक्त सचिवमा प्रकाश थापा मगर, जनसम्पर्क अधिकारीमा बसन्त ढकाल, प्रकरण निर्देशकमा दिपक शाह निर्विरोध निर्वाचित भएका थिए । कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत राजीव धिमालको रोहबरमा सन् २०२२ का अध्यक्ष प्रविन खड्काले सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीलाई शपथ ग्रहण गराएका थिए भने सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीले निर्वाचित तथा मनोनयन भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । सन् २०२३ को अध्यक्षमा चयन भएसँगै अध्यक्ष चौधरीले महासचिवमा जनक खड्का ,कानूनी सल्लाहकारमा लोकचन्द्र श्रेष्ठ(एलसी) कोषाध्यक्षमा अनन्तलाल महतो , सह कोषाध्यक्षमा पुकार बराललाई मनोनित गरेका थिए भने विभिन्न संयोजकहरु चयन गरेका थिए । कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष राजीव धिमाललाई भूतपूर्व अध्यक्ष क्लवमा पदस्थापन गरिएको थियो भने सन् २०२२ का अध्यक्ष प्रविन खड्कालाई निवर्तमान अध्यक्षमा पदस्थापन गरिएको थियो । कार्यक्रममा सन् २०२२ का अध्यक्ष प्रविन खड्काले अध्यक्ष्यीय मन्तव्य राख्दै आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए भने त्यस्तै सन् २०२३ का अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा वीरता जेसीजलाई नयाँ उचाई प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन सन् २०२२का महासचिव टीकाराम खतिवडा र २०२३ का महासचिव जनक खड्काले गरेका थिए ।