वीरता जेसीज सन् २०२३ को नयाँ नेतृत्वले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ । वीरता जेसीजको बिर्तामोड –१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ । वीरता जेसीज सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष निर्मल भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक शत्रुघनप्रसाद गुप्ताले स्वागत गरेका थिए ।