वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका तालिम संयोजक दीपेन धिमालले स्वागत गरेका थिए । वीरता जेसीजका उपाध्यक्ष सुमनकुमार पोद्धारले आस्था वाचन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराई, माँलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवेन्द्रकुमार सिंहलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापाले वीरता जेसीजका कार्यसमितिका पदाधिकारीहरुको काम ,कर्तव्य र अधिकारका वारेमा र नयाँ सदस्यहरुलाई जेसीजको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष प्रविन खड्का, पूर्व अध्यक्ष राजीव धिमाल, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुव्वालगायतको आतिथ्य रहेको थियो । वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष टीकाराम खतिवडाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव जनक खड्काले गरेका थिए।