बिर्तामोड अन्तर्रास्ट्रिय औद्योगिक व्यापार महोत्सव सफल पार्न वीरता जेसीजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम Posted on 28-02-2023

वीरता जेसीजको आयोजनामा भएको बिर्तामोड अन्तर्रास्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ सफल पार्न वीरता जेसीजको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले यस्तो प्रतिवद्धता जनाएका हुन् । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा वीरता जेसीजका उपाध्यक्ष सुमन पोद्धारले स्वागत गरेका थिए । वीरता जेसीजका सुवास त्रीखत्रीले आस्था वाचन गरेको कार्यक्रममा बिर्तामोड अन्तर्रास्ट्रिय औद्योगिक व्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्याौपानेले महोत्सवलाई प्रदेश–१ कै उत्कृष्ट बनाइने बताउँदै महोत्सव सफल बनाउन वीरता जेसीजका पदाधिकारीहरुलाई आाग्रह गरे। सोही कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघले वीरता जेसीजका नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओडाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।