पानी तथा फलफूल बितरण Posted on 28-02-2023

वीरता जेसीजले झापाको बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा रहेको कैलाशेश्वर महादेवको प्रतिमामा पूजाअर्चना गर्न आउने भक्तजनलाई पानी तथा फलफूल बितरण गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसात गर्दै महाशिवरात्री पर्वको अवसरमा कैलाशेश्वर महादेवको प्रतिमामा पूजाअर्चना गर्न आउने भक्तजनलाई पानी तथा फलफूल बितरण गरिएको थियो । वीरता जेसीजका कार्यवहाक अध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसी)को अध्यक्षता तथा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष साहित्यकार भगवति ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा वीरता जेसीजका उपाध्यक्ष बाप्पा शाहले स्वागत गरेका थिए । वीरता जेसीजका लेखा संयोजक शुशिल उप्रेतीले आस्थावाचन गरेको कार्यक्रममा विर्तामोड नगर खेलकुद समितिका निवर्तमान अध्यक्ष टीकाप्रसाद संग्रौला, बिर्तामोड नगरपालिकाका लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, दिलिप राजवंशीलगायतले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा एक हजार भन्दा वढी भक्तजनलाई पानी तथा फलफूल बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका संयुक्त सचिव प्रभास थापामगरले गरेको उपाध्यक्ष सुमन पोद्धारले जानकारी दिए ।