वीरता जेसीजले ७३ औं प्रजातन्त्र दिवसको अवसरमा जेसीज सचिवालयमा दीप प्रज्ज्वलन गरेको छ । वि.स.२००७ साल फागुन ७ गते एक सय चार वर्षको जहाँनिया राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र आएको सम्झनामा नागरिकले प्रजातान्त्रिक प्रणाली मार्फत अधिकार प्राप्त गरेको खुशीयालीमा दीप प्रज्ज्वलन गरिएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए । वीरता जेसीजका कार्यबहाक अध्यक्ष लोकचन्द्र (एलसी) श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका उपाध्यक्ष राज मुखियाले स्वागत गरेका थिए । वीरता जेसीजका संयोजक विज्ञानराज पौडेलले आस्था वाचन गरेको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुव्वा, वीरता जेसीजका पूर्व अध्यक्षहरु विशाल थापा, मिजास पोखरेल, राजिव धिमाल , सिनेटर जीवन खड्का, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले जेसीज सचिवालयमा दीप प्रज्ज्वलनमा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका संयुक्त सचिव प्रभाष थापामगरले गरेका थिए ।