वीरता जेसीजका पूर्वाध्यक्ष जेसी हेम खड्काको ममतामयी माताको निधनमा वीरता जेसीज परिवारको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । वीरता जेसीजको अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वाध्यक्षहरु प्रशान्त भण्डारी, राजेन्द्र चौलागाई, विनोद बस्नेत र कार्यसमिति संयोजक र सदस्यज्यूहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा दिवंगत ममतामयी माताको आत्मसान्तीको कामना गर्दै १ मि. मौन धारण गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष चौधरी, पूर्वाध्यक्ष बस्नेत लगायतले ममतामयी स्व. माताको वीरता जेसीजलाई गरिएको योगदान प्रती उच्च प्रशंसा गर्दै शोक मन्तव्य राखिएको कार्यक्रम संचालन महासचिव जेसी जनक खड्काले गरेका थिए ।