५ दिने रक्तदान कार्यक्रम Posted on 28-02-2023

झापाको बिर्तामोडमा गत फागुन ५ गतेबाट सञ्चालन भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम शुरु भएको छ । फागुन १० गतेदेखि १५ गतेसम्म बिर्तामोड अन्तर्राष्ट्रिय ब्यापार महोत्सवको हाताभित्र सञ्चालन हुने रक्तदान कार्यक्रममा १५३ जनाले रक्तदान गरेको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए । झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड अन्तर्राष्ट्रिय ब्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक वीरता जेसीजका अशोक चौधरीले गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरु स्वस्तिका आचार्य , बीरबहादुर वेघालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति मनोज अग्रवाल, निवर्तमान सभापति सजेश शिवाकोटी, लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्की,औषधी व्यवसायी संघ झापाका सुरेश खतिवडा, लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जनक खड्काले गरेका थिए ।