वीरता जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिम सम्पन्न गरिएको छ । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा प्रदेश साँसद उद्धव थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका कानुनी सल्लाहकार लोकचन्द्र श्रेष्ठ(एलसी) ले स्वागत गरेका थिए । वीरता जेसीजका जनसम्पर्क अधिकारी वशन्त ढकालले आस्था वाचन गरेको कार्यक्रममा संयुक्त सचिव प्रभास थापामगरले जेसीआई मिसनभिजन वाचन गरेका थिए । नेपाल जेसीजको तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिमको सहजीकरण प्रमुख प्रशिक्षक नेपाल जेसीजका तालिम विभाग सल्लाहकार कैलाश खाकी श्रेष्ठ र सहायक प्रशिक्षक नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त सुनिल तिमल्सिनाले गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कुमारसिंह साँवा, क्षेत्र क निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, क्षेत्र क तालिम कोअर्डिनेटर सुवोध घिमिरे, वीरता जेसीजका पूर्व अध्यक्षहरु राजकुमार पोखरेल, विनोद वस्नेत, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा झापा जिल्लाभरिका सबै शाखाका पदाधिकारी र वीरता जेसीजका पदाधिकारीहरुसहितको सहभागिता रहेको थियो । वीरता जेसीजका कोषाध्यक्ष अनन्तलाल महतोले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचि