वीरता जेसीजले बिर्तामोड अन्तर्रास्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ सफल बनाउने प्रतिवद्धता जनाएको छ । वीरता जेसीजको आयोजनामा भएको बिर्तामोड अन्तर्रास्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ सफल पार्न वीरता जेसीजको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले यस्तो प्रतिवद्धता जनाएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा झापाको बिर्तामोड–२ प्रभुराम चौकमा आगामी फागुन ५ गतेबाट हुन गइरहेको बिर्तामोड अन्तर्रास्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा वीरता जेसीजका उपाध्यक्ष सुमन पोद्धारले स्वागत गरेका थिए । वीरता जेसीजका सुवास त्रीखत्रीले आस्था वाचन गरेको कार्यक्रममा बिर्तामोड अन्तर्रास्ट्रिय औद्योगिक व्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्याौपानेले महोत्सवलाई प्रदेश–१ कै उत्कृष्ट बनाइने बताउँदै महोत्सव सफल बनाउन वीरता जेसीजका पदाधिकारीहरुलाई आाग्रह गरे। सोही कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघले वीरता जेसीजका नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओडाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा वीरता जेसीजका निर्वतमान अध्यक्ष प्रविन खड्का, पूर्व अध्यक्षहरु सिनेटर विशाल थापा, राजिव धिमाल, वीरता लेडी जेसीजकी अध्यक्ष संगिता गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई , औषधी ब्यवसायी संघ झापाका महासचिव जीवन खड्का, धर्म लक्सम्बा, महिला उद्यमी संघकी अध्यक्ष तिलोतमा खत्री,बिर्तामोड उद्योग वाणिज्य संघकी सह कोषाध्यक्ष राधिका चुडाल लगाायतले महोत्सव सफलताको शुभकामना दिएका थिए । वीरता जेसीजका लेखा संयोजक सुशिल उप्रेतीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव जनक खड्काले गरेका थिए ।