कलाकार विदाई कार्यक्रम Posted on 04-04-2023

भारतको कोलकातामा एपीजे अब्दुल कलाम फाउण्डेसनको आयोजना हुने अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुने कलाकारहरुलाई आज आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको छ । वीरता जेसीजले सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाने कलाकारलाई विदाई गरेको हो । सांस्कृतिक नृत्य प्रस्तुतीका लागि नेपालबाट एलसी श्रेष्ठको नेतृत्वमा कलाकारसहितको ११ जनाको टोली कोलकाता जाने तय भएको बताइएको छ ।