वीरता जेसीजका पूर्वअध्यक्ष क्लबद्वारा आयोजित उत्कृष्ट नागरिक सम्मान कार्यक्रमको बैठक Posted on 04-04-2023

२१ मार्च २०२३ का दिन वीरता जेसीजको आयोजनामा तथा पूर्व अध्यक्ष क्लबको संयोजनमा २०८० साल बैशाख ३ गते आयोजना हुने उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ पूर्वअध्यक्ष क्लबका संयोजक जेसी किरण श्रेष्ठको अध्यक्षतामा बैठक बसी झापाका विभिन्न शाखाहरुलाई उद्योग, व्यवसाय क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरु मध्येबाट उत्कृष्ट नागरिक छनोटको लागि उपयुक्त व्यक्तिहरुको नाम सिफारिस गर्नका लागि पत्राचार गर्न निर्णय गरियो । साथै स्थानिय पत्रपत्रिका तथा सञ्चार माध्यमबाट सूचना पनि निष्काशन गरियो ।