वीरता जेसीज उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल Posted on 04-04-2023

बिरता जेसीजले फ़रवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ । काठमाडौँमा सम्पन्न भएको नेशनल काउंसलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो । उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल जेसीजको पुर्व अध्यक्ष सिनेटर महेश दहाल  ट्रेनर को- पायलट सिनेटर मिलन गुरुङ , निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निरुपित राष्ट्रीय उपाध्यक्ष अनुप सुनुवारले सयुक्त रुपमा शाखाका अध्यक्ष घनश्याम चौधरीलाई अवार्ड प्रदान गरेका थिए । पदभार ग्रहण गरेपछि निरन्तर जेसीज अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा फ़रवरी महिनाको अवार्ड प्राप्त गरेको हो । शाखाले विभिन्न तालिमसहित सम्मानलगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । अवार्ड प्राप्तसँगै शाखाको गरिमालाई निरन्तरतासँगै आगामी दिनका लागि अझ हौसला प्राप्त भएको छ।सो अवॉर्ड वीरता जेसीजका कार्यसमिति तथा समयोजकहरु को साथ सहयोगले प्राप्त गर्न सफल भएकाछौ।