वीरता जेसीजद्वारा ज्येष्ठ नागरिकलाई सम्मान तथा भोजन ग्रहण Posted on 16-05-2023

वीरता जेसीजको आयोजनामा बिर्तामोड –४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सम्मानसहित खाना खुवाएको छ । ज्येष्ठ नागरिक सम्मान तथा भोजन ग्रहण कार्यक्रमको आयोजना गरी वृद्धवृद्धाहरुलाई सम्मानसहित खाना खुवाएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको उनले बताए । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक सञ्जय चौधरीले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शर्मा, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष बिरु बेघा , बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष सञ्जीव घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै वीरता जेसीजले वृद्धवृद्धाप्रति गरेको सम्मानको प्रशंसा गरेका थिए । कार्यक्रममा छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सदस्य आयुषशमसेर थापालगायतको आतिथ्य रहेको थियो । वीरता जेसीजका अमरजित शाहले आस्था बाचन गरेको कार्यक्रमको सञ्चालन कानूनी सल्लाहकार लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेका थिए।