वीरता जेसीजले स्थानीय संघसंस्थाहरुलाई व्यवस्थीत बैठक सञ्चालन तालिम प्रदान गरेको छ । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक जेसीआई सिनेटर राजाबाबु शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक रामेश्वर मण्डलले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवरले शुभकामना मन्तव्य राख्दै वीरता जेसीजले विभिन्न संघसंस्थाहरुलाई व्यवस्थीत बैठक सञ्चालन तालिममा सहभागी गराएर ती संस्थाहरुको वैठक सञ्चालन गर्न सहज वनाएकोमा वीरता जेसीजलाई धन्यवाद दिएका थिए । वीरता जेसीज, छठ समाज सेवा समिति, छठ महिला मञ्च, छठ युवा फ्रन्ट, रौनीयार सेवा समिति, नेपाल मधेसी समाज सेवा समिति, लायन्स क्लव अफ बिर्तामोड सिटी, लायन्स क्लव अफ गोल्डेन ड्रिम्स, माँ लक्ष्मी साकोसलगातका प्रमुख तथा प्रतिनिधीहरुको तालिममा सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक जेसीआई सिनेटर राजाबाबु शाहले व्यवस्थीत बैठक सञ्चालन गर्न शैद्धान्तिक तथा ब्यबहारिक अभ्याससहितको प्रशिक्षण गराएका थिए ।