विीरता जेसीजद्वारा समय व्यवस्थापन तालिम प्रदान गरिएको छ । वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरीको अध्यक्षता तथा प्रमुख प्रशिक्षक श्री राजेश दाहाल ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक जेसी विज्ञान राज पौडेल स्वागत गरेका थिए । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला सभापति यज्ञप्रताप अधिकारी तथा माँ लक्ष्मी साकोसका अध्यक्ष देवेन्द्र कुमार सिंहज्यूको शुभकामना मन्तव्य राख्दै वीरता जेसीजले विभिन्न महानुभावहरुलाई समय व्यवस्थापन तालिममा सहभागी गराएका थिए । सो कार्यक्रमको संचालन जेसी दिपक साफीले गरेका थिए भने जेसीज आस्था वाचन जेसी विश्वजित हलवाईले गरेका थिए । वीरता जेसीका कोषाध्यक्ष जेसी अनन्तलाल महतो ज्यूले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए । सो कार्यक्रममा ३० भन्दा बढी सहभागी रहेको जानकारी अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।