वीरता जेसीजद्वारा संस्था सञ्चालनमा सञ्चालकको भूमिका सम्बन्धी तालिम प्रदान गरिएको छ । वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरीको अध्यक्षता तथा प्रमुख प्रशिक्षक श्री बिनोद न्यौपाने ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक जेसी शत्रुघन प्रसाद गुप्ता स्वागत गरेका थिए । कार्यक्रममा नेपाल काँग्रेसका नगर उप सभापति राजकुमार राजवंशी तथा माँ लक्ष्मी साकोसका अध्यक्ष देवेन्द्र कुमार सिंहज्यू ,नेपाल कबाडी संघ को जिल्ला सदस्य उत्तम राजवंशी ज्युले शुभकामना मन्तव्य राख्दै वीरता जेसीजले विभिन्न महानुभावहरुलाई तालिममा सहभागी गराएका थिए । सो कार्यक्रमको संचालन जेसी मनोज शाहले गरेका थिए भने जेसीज आस्था वाचन जेसी अनंतलाल महतोले गरेका थिए ।वीरता जेसी का अधयक्ष जेसी घनश्याम चौधरी ज्यूले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।