वीरता जेसीजद्वारा श्रमिक शिक्षा तालिम प्रदान Posted on 19-05-2023

वीरता जेसीजद्वारा श्रमिक शिक्षा तालिम प्रदान गरिएको छ । वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरीको अध्यक्षता तथा नेपाल ट्रेड युनियन कॉंग्रेसका जिल्ला सभापति यज्ञप्रताप अधिकारी ज्युको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक जेसी सुभाष त्रिखत्री स्वागत गरेका थिए । कार्यक्रममा नेपाल चिया बगान श्रमिक संध का सभापति तथा प्रमुख प्रशिक्षक दीपक तमागÞ र नेपाल एमरोडरी संघ अध्यक्ष दीपक त्रिखत्री ज्युले शुभकामना मन्तव्य राख्दै वीरता जेसीजले विभिन्न श्रमिकहरुलाई श्रमिक शिक्षा तालिममा सहभागी गराएका थिए । सो कार्यक्रमको संचालन जेसी शत्रुघन प्र. गुप्ताले गरेका थिए भने जेसीज बिज्ञान राज पौडेलले आस्था वाचन जेसी गरेका थिए । वीरता जेसीका अध्यक्ष जेसी घनश्यामचौधरी ज्यूले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।