दोस्रो जिल्ला स्तरीय अन्तरपालिका खुल्ला कबड़ी प्रतियोगीता २०७९ उदघाटन Posted on 19-05-2023

वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरी र एम.के.के ग्रुप का अध्यक्ष अकाश उप्रेती ज्युको संयुक्त अध्यक्षता तथा बिर्तामोड़ नगरपालिका का प्रमुख श्री पबित्रा महतारा प्रसाई ज्युको प्रमुख आतिथ्यतामा र बिर्तामोड़ खानेपानी तथा सरसफाई का सचिव श्री मेघराज बास्तौला ज्युको बिशिष्ठ आतिथ्यता रहेको थियो। कार्यक्रम माथी प्रकाश तथा स्वागत मन्तव्य ऐ.के.के ग्रुप का अध्क्षय अकाश उप्रेती राखे जिल्ला भित्रका १२ पालिका खेलाडीहरु सहभागी गराएका थिए।समुहिक जेसीज आस्था वाचन गरेको कार्यक्रमको संचालन संन्तोष दासले गरेका थिए। वीरता जेसीका अध्यक्ष जेसी घनश्याम चौधरी ज्यूले धन्यवाद सहित दोस्रो जिल्ला स्तरीय अन्तरपालिका खुल्ला कबड़ी प्रतियोगीता २०७९ उदघाटन कार्यक्रम समापन गरेका थिए ।