वीरता जेसीजद्वारा व्यक्तित्व तथा नेतृत्व बिकाश तालिम प्रदान Posted on 19-05-2023

वीरता जेसीजद्वारा वक्तित्व तथा नेतृत्व बिकाश तालिम प्रदान गरिएको छ । वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरीको अध्यक्षता तथा प्रमुख प्रशिक्षक श्री संजय निरौला ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक जेसी विज्ञान राज पौडेल स्वागत गरेका थिए । कार्यक्रममा समाजिक वक्तित्व श्री प्रदीप चिमरिया ज्युले शुभकामना मन्तव्य राख्दै वीरता जेसीजले कार्यसमिति, संयोजक तथा सदस्यहरुलाई व्यक्तित्व र नेतृत्व बिकाश तालिममा सहभागी गराएका थिए । सो कार्यक्रमको संचालन जेसी सुशिल थापाले गरेका थिए भने जेसीज आस्था वाचन जेसी दिवाकर प्रसाईले गरेका थिए । कार्यक्रम माथी प्रकाश वीरता जेसीका अध्यक्ष जेसी घनश्याम चौधरीले गरेका थिए भने कानुनी सल्लाकार जेसी एल. सी क्षेष्ठले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए । सो कार्यक्रममा २५ भन्दा बढी सहभागी रहेको थियो।