दोस्रो जिल्ला स्तरीय अन्तरपालिका खुल्ला कबड़ी प्रतियोगीता २०७९ कार्यक्रम समापन Posted on 19-05-2023

वीरता जेसीजका अध्यक्ष जेसी घनश्याम चौधरी र एम.के.के ग्रुप का अध्यक्ष अकाश उप्रेती ज्युको संयुक्त अध्यक्षता तथा नेपाल खेलकूद बिकाश समिति का अघ्यक्ष श्री भेषराज भण्डारी ज्युको प्रमुख आतिथ्यतामा र नेपाल बोक्सिंग संघ का केन्द्रीय उपघ्यक्ष श्री भोजराज सिटौला ज्युको बिशिष्ठ आतिथ्यता र बिर्तामोड वार्ड नम्बर ३ का अध्यक्ष श्री मदन बुदाथोकी दृयको रहेको थियो। कार्यक्रम मा स्वागत मन्तव्य वीरता जेसीज का अध्क्षय जेसी घनश्याम चौधरीले राखे थिए।जिल्ला भित्रका ४ पालिका खेलाडीहरु सहभागी भएका थिए।जस मध्य बिर्तामोड नगरपालिका र मेची नगरपालिका फाईनल खेलेको खेलमा बिर्तामोड नगरपालिकाले ४७ अंक प्राप्त गरेर प्रथम स्थान हासिल गर्न सफल भएको थियो।समुहिक जेसीज आस्था वाचन गरेको कार्यक्रमको संचालन संन्तोष दासले गरेका थिए। एम.के.के का अध्यक्ष अकाश उप्रेती ज्यूले धन्यवाद सहित दोस्रो जिल्ला स्तरीय अन्तरपालिका खुल्ला कबड़ी प्रतियोगीता २०७९ कार्यक्रम समापन गरेका थिए ।