वीरता जेसीजद्वारा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न । Posted on 19-05-2023

वीरता जेसीजको अध्यक्ष जेसी घनश्याम चौधरीको अध्यक्षतामा वीरता जेसीजका पूर्व अध्यक्ष वेद प्रकाश अग्रवाल ज्यूको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि श्री छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर द्विवेदी, नेपाल ट्रेड युनियनका जिल्ला सभापति श्री यज्ञप्रताप अधिकारी रहेका थिए । अतिथिका रुपमा निशा एड्भान्स क्लिनिकका संचालिका निशा गुप्ताको आतिथ्यता रहेको थियो । कार्यक्रम माथि प्रकाश जेसी घनश्याम ज्यूले गरेका थिए । स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी विकास बस्नेतले गरेका थिए । सामुहिक आस्थावाचन भएको कार्यक्रमको संचालन जेसी प्रज्वल विमलीले गरेका थिए ।