वीरता जेसीज विर्तामोडको अध्यक्ष जेसी घनश्याम चौधरीको अध्यक्षतामा नव वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम जेसी सचिवालयमा सम्पन्न गरियो । सो कार्यक्रमको संचालन जेसी प्रज्वल विमलीले गरेका थिए । सामुहिक रुपमा आस्थावाचन रहेका थिए । सो शुभकामना आदानप्रदान कार्यक्रममा वीरता जेसीजका पदाधिकारीहरु र संयोजकहरु तथा सदस्यहरुको उपस्थितीमा नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सहित शुस्वास्थ्य दिर्घायु उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना आदानप्रदान कार्यक्रम समापन भएको थियो ।