वीरता जेसीजले यस पटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना गरिने उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई नगद अभिनन्दन पत्रले सम्मान गरेको हो ।