वीरता जेसीजले १७ औँ लोकतन्त्र दिवसको अवसरमा जेसीज सचिवालयमा दीप प्रज्ज्वलन गरेको छ । विक्रम संवत् २०६२÷६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएर नागरिकले अधिकार प्राप्त गरेको खुशीयालीमा दीप प्रज्ज्वलन गरिएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए । वीरता जेसीजका अध्यक्ष जेसि घनश्याम चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेस बिर्तामोड –४ वडा उपसभापति नविन सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक जेसि चित्रान्स पाण्डेले स्वागत गरेका थिए । नेपाली काँग्रेस बिर्तामोड –४ वडा सचिव चन्द्र तिम्सिना, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, बिर्ता मिडिया एण्ड इन्टटेन्टमेन्टका कोअर्डिनेटर बिजय लिम्वूसहित वीरता जेसीजका वोर्डका पदाधिकारी लगायतले दीप प्रज्ज्वलनमा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका कानूनी सल्लाहकार जेसि एलसी श्रेष्ठले गरेका थिए ।