एक दिने सचेतना तथा झुल वितरण कार्यक्रम Posted on 19-05-2023

वीरता जेसिजको आयोजना मा एक दिने सचेतना तथा झुल वितरण कार्यक्रम बिर्तामोड वडा न ३ मा सप्पन्न भएको छ । अति बिपन्न तथा गरिबीको रेखामुनि रहेका मुसहर जाती हरु बसोबास रहेको उक्त क्षेत्रमा ४५ घर परिवारलाई गर्मीसँगै लाम्खुट्टे बडदै गरेकोले घर गाउँ सरसफाइमा ध्यान पुर्याउन अनुरोध गर्दै बिरता जेसिजका अध्यक्ष जेसि घनश्याम चौधरी र प्रमुख अतिथि बि न पा ३वडा अध्यक्ष मदन बुढाथोकीले संयुक्त रुपमा झुल वितरण गरेका थिए । संयोजक जेसि अजय अधिकारी ले स्वागत गरेको उक्त कार्यक्रममा आस्था वाचन जेसि नवराज अधिकारी तथा संचालन जन सम्पर्क अधिकारी जेसि बसन्त ढकालले गर्नु भएको कार्यक्रममा पत्रकार तथा सामाजिक अगुवा ईन्द्र सिङ राजबन्शी,रामेश्वर मण्डल लगायतका उपस्तिथि रहेको कार्यक्रम को धन्यवाद सहित समापन कानुनी सल्लाहकार जेसि एल सि श्रेष्ठले गर्नु भएको थियो ।