भविस्य बोक्ने झोला बितरण Posted on 19-05-2023

वीरता जेसिज को आयोजनामा अर्जुनधारा ५ स्थित समावेशी आधारभुत बिद्यालयमा अध्यनरत ७८ जना बालबालिकालाई पुस्तक बोक्ने झोला एक कार्यक्रम का बिच बितरण गरिएको छ । वीरता जेसिज बर्ष २०२३ का अध्यक्ष घनश्याम चौधरी को अध्यक्षतामा भएको उक्त कार्यक्रममा त्यस बिधालय को शैक्षिक सुधार गर्ने उदेश्य अनुरुप बिद्यालयको प्रधानध्यापक मेघ नाथ भट्टराई को अनुरोधमा बिर्तामोडका सफल युवा ब्यवसायी सत्रुधन प्रसाद गुप्ता र घनश्याम ढुंगाना को सहयोगमा जेसिज ले झोला बितरण गरिएको हो। अर्जुनधारा वडा न ५ अध्यक्ष हरि खड्का को प्रमुख आतिथ्यतामा वडा सदस्य , प्रधानाध्यापक भट्टराई वीरता लेडि जेसिज पुर्व अध्यक्ष समाज को संयोजक जेसि राधा सुब्बा लगायतले शुभकामना सहित झोला बितरण गर्नु भएको उक्त कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जेसि सत्रुधन प्रसाद गुप्ता र संचालन कानुनी सल्लाहकार जेसि एल सि श्रेष्ठले गर्नु भएको थियो भने आस्था वाचन जेसि घनश्याम ढुंगाना ले गर्नु भएको थियो ।