Assign VP JC Chandra Mani Bhusal Official Visit Posted on 05-06-2023

आज मिति २०८० जेठ ०९ गते तदनुसार मे २३ २०२३ का दिन नेपाल जेसीज वर्ष २०२३ का उपाध्यक्ष तथा क्षेत्र ख तथा लेखनाथ जेसीजका निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी चन्द्रमणी भुसाल ज्युको शाखा भ्रमण सम्पन्न भएको छ। लेखनाथ जेसीजको सचिवालयमा सम्पन्न कार्यक्रममा नेपाल जेसीज बर्ष २०२३ का "National junior Jaycees leaders Academy , coordinator" जु.जेसी शिवान केसी ले स्वागत मन्तव्य राख्नुभएको थियो भने गल्याङ जेसीज अध्यक्ष जेसी ऋषि बस्याल, लेखनाथ जेसीजका निवर्तमान अध्यक्ष जेसी सुजन न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो। लेखनाथ जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चन्द्रप्रकाश ढुङ्गाना ज्युको सभाध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा लेखनाथ जुनियर जेसीजका अध्यक्ष जु जेसी नविन अधिकारी लगायत लेखनाथ जेसीज एवं लेखनाथ जुनियर जेसीजका सदस्य सहित १७ जनाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष जेसी चन्द्रमणी भुसालले जेसीज अभियानमार्फत युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास मार्फत लेखनाथको विकासमा लेखनाथ जेसीजले गरेको योगदानको प्रशङ्शा गर्नुभयो।कार्यक्रमको सन्चालन लेखनाथ जेसीज वर्ष २०२३ का कानुनि सल्लाहकार जेसी कृष्ण तिवारीले गर्नुभएको थियो।