2nd Oratory Posted on 05-06-2023

मिति २०७९ फागुन १२ गते लेखनाथ जेसीजको सचिवालयमा लेखनाथ जेसीजको दोस्रो शुक्रबारसरीय प्रवचनमाला कार्यक्रम सम्पन्न भएको छ। लेखनाथ जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चन्द्रप्रकाश ढुङ्गाना को अध्यक्षतामा सम्पन्न कार्यक्रममा निणायक पुर्व अध्यक्षद्व्य श्री ऋषिराम जमरकट्टेल र श्री सन्जय भट्टराई चित्रज्युले पृष्ठपोषण सहित सहभागीलाइ वाककलाका विभिन्न कलाहरुको प्रशिक्षण गराउनुभएको थियो।जेसी संघर्श सापकोटा, जु जेसी प्रान्जल पौडेल, जेसी सुशिल ढुङ्गाना, जेसी पिताम्बर ढकाल सहित ४ जना सहभागी कार्यक्रममा उपाध्यक्ष जेसी संघर्श सापकोटा प्रथम हुनुभएको थियो। जु जेसी अध्यक्ष जु जेसी नबिन अधिकारी ज्यु को उपस्थिति सहित कार्यक्रममा १३ जनाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन शुक्रबारसरीय प्रवचनमाला संयोजक जेसी रसिसहरि भण्डारीले गर्नुभएको थियो।