Effective Public Speaking Training कार्यक्रम सम्पन्न। Posted on 06-08-2023

मिति २०८० साउन २१ गते कञ्चन जेसीज बर्ष २०२३ को आयोजनामा आजबाट संचालन भएको तालिम सप्ताह कार्यक्रम कञ्चन गाउँपालिका वडा नं २ श्री गजेडी मा वि बाट उद्‌घाटन भएको उक्त कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष श्री टेक बहादुर गुरुङ्ग ज्यूको प्रमुख अतिथ्यता साथै प्रमुख प्रशिक्षक कञ्चन जेसीज बर्ष २०२३ का निवर्तमान अध्यक्ष, नेपाल जेसीज क्षेत्र घ तालिम आयुक्त बर्ष २०२३, जेसी राजन शर्मा पौडेल र प्रशिक्षक जेसी संदिप खनाल सदस्य बुटवल जेसीज विशिष्ठ अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री युवराज गुरुङ्ग, प्र अ श्री रेश्मा जैसी, अतिथिहरुमा वडा नं २ का वडा सदस्य ज्यूहरु साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सकृय सहभागितामा सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्ष्यता कञ्चन जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी बुद्धि प्रसाद रेग्मी ज्यूले गर्नु भएको थियो भने कार्यक्रम संचालन कञ्चन जेसीज बर्ष २०२१ शाखा अध्यक्ष, जेसीज जेसीआई नेपाल एकेडेमी संयोजक बर्ष २०२३ कि जेसी राधिका चौधरी ज्यूले गर्नु भएको थियो।