Effective Public Speaking Training सम्बन्धि तेस्रो कार्यक्रम सम्पन्न। Posted on 08-08-2023

मिति २०८० साउन २२ गते कञ्चन जेसीज बर्ष २०२३ को आयोजनामा आजबाट संचालन भएको तालिम सप्ताह कार्यक्रमको तेस्रो दिन कञ्चन गाउँपालिका वडा नं ५ श्री ज्ञान निकेटन मा वि मा सम्पन्न भएको उक्त कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्री कुल प्रसाद पौडेल ज्यूको प्रमुख अतिथ्यता उद्‌घाटन र सत्र साथै समापन सत्रमा कञ्चन गाउँपालिका शिक्षा शाखा प्रमुख श्री रमेश भुषाल समापन सत्र साथै प्रमुख प्रशिक्षक कञ्चन जेसीज बर्ष २०२३ का निवर्तमान अध्यक्ष, नेपाल जेसीज क्षेत्र घ तालिम आयुक्त बर्ष २०२३, जेसी राजन शर्मा पौडेल र प्रशिक्षक जेसी राजिब गौतम अध्यक्ष बर्ष २०२० बुटवल जेसीज, विशिष्ठ अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लोक राज पौडेल, विद्यालयका प्र अ र जेसी राजिव गौतम अध्यक्ष बुटवल जेसीज बर्ष २०२०, अतिथिहरुमा वडा नं ५ का वडा सदस्य ज्यूहरु साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सकृय सहभागितामा सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्ष्यता कञ्चन जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी बुद्धि प्रसाद रेग्मी ज्यूले गर्नु भएको थियो भने कार्यक्रम संचालन कञ्चन जेसीज बर्ष २०२१ शाखा अध्यक्ष, जेसीज जेसीआई नेपाल एकेडेमी संयोजक बर्ष २०२३ कि जेसी राधिका चौधरी ज्यूले गर्नु भएको थियो।