Effective Public Speaking Training सम्बन्धि पाँचौ तथा तालिम सप्ताह समापन कार्यक्रम सम्पन्न। Posted on 10-08-2023

मिति २०८० साउन २५ गते कञ्चन जेसीज बर्ष २०२३ को आयोजनामा संचालन भएको तालिम सप्ताह कार्यक्रमको पाँचौ दिन कञ्चन गाउँपालिका वडा नं ३ श्री हरैया मा वि मा सम्पन्न भएको उक्त कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष श्री नवराज ढकाल ज्यूको प्रमुख अतिथ्यता (समापन सत्रमा) र कञ्चन गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष श्री टिका राम सापकोटा (उद्‌घाटन सत्र) साथै प्रमुख प्रशिक्षक कञ्चन जेसीज बर्ष २०२३ का निवर्तमान अध्यक्ष, नेपाल जेसीज क्षेत्र घ तालिम आयुक्त बर्ष २०२३, जेसी राजन शर्मा पौडेल र प्रशिक्षक जेसी अमृत घिमिरे अध्यक्ष बर्ष २०२३ कपिलबस्तु जेसीज, विशिष्ठ अतिथि कञ्चन गाउँपालिका उपाध्यक्ष श्री मौसमी पुन मगर, प्रबक्ता श्री चित्रलाल तुलाचन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्र अ अतिथिहरुमा वडा नं ३ का वडा सदस्य ज्यूहरु साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सकृय सहभागितामा सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्ष्यता कञ्चन जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी बुद्धि प्रसाद रेग्मी ज्यूले गर्नु भएको थियो भने कार्यक्रम संचालन कञ्चन जेसीज बर्ष २०२१ शाखा अध्यक्ष, जेसीज जेसीआई नेपाल एकेडेमी संयोजक बर्ष २०२३ कि जेसी राधिका चौधरी ज्यूले गर्नु भएको थियो।