MAKE YOURSELF Motivational Training for Students Posted on 22-08-2023

मिति २०८० भदौ ०५ गते कञ्चन जेसीज बर्ष २०२३ को आयोजनामा संचालन भएको MAKE YOURSELF Motivational Training for Students विद्यालयमा जेसीज कार्यक्रम कञ्चन गाउँपालिका वडा नं ५ श्री सरस्वती मा वि मा सम्पन्न भएको छ। उक्त कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष वडा नं ५ का निवर्तमान वडा अध्यक्ष श्री कृष्ण प्रसाद आचार्य ज्यूको प्रमुख अतिथ्यता (उद्‌घाटन सत्र) र कञ्चन गाउँपालिका नेपाली कांग्रेस गाउँ कमिटि सभापति श्री देविराम रेग्मी ज्यूको प्रमुख अतिथ्यता (समापन सत्रमा) साथै प्रमुख प्रशिक्षक कञ्चन जेसीज बर्ष २०२३ का निवर्तमान अध्यक्ष, नेपाल जेसीज क्षेत्र घ तालिम आयुक्त बर्ष २०२३, जेसी राजन शर्मा पौडेल र प्रशिक्षक कञ्चन जेसीज बर्ष २०२१ शाखा अध्यक्ष, जेसीज जेसीआई नेपाल एकेडेमी संयोजक बर्ष २०२३ कि जेसी राधिका चौधरी ज्यू अतिथि विद्यालयका प्र अ वडा नं ५ का वडा सदस्य ज्यूहरु साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सकृय सहभागितामा सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्ष्यता कञ्चन जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी बुद्धि प्रसाद रेग्मी ज्यूले गर्नु भएको थियो भने कार्यक्रम संचालन कञ्चन जेसीज बर्ष २०२३ का उपाध्यक्ष जेसी गंगा दत्त ढकाल ज्यूले गर्नु भएको थियो।