विश्व वातावरण दिवसको अवसरमा पर्वत जेसीजद्वारा “जेसीज पदयात्रा” कार्यक्रम सम्पन्न Posted on 07-06-2025

पर्वत, असार २४ – विश्व वातावरण दिवस २०८२ को अवसरमा पर्वत जेसीजले "प्रकृतिमा रमाऔं, आन्तरिक पर्यटनको प्रवर्द्धन गरौं" भन्ने मूल नाराका साथ “जेसीज पदयात्रा” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिकामा अवस्थित प्राकृतिक, रमणीय तथा पर्यटकीय सम्भावना बोकेको दुर्लुङ चनौटे गाउँमा पदयात्रा गरियो । यस पदयात्राले वातावरण संरक्षणको सन्देश दिनुका साथै आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको थियो । पदयात्रामा पर्वत जेसीजका पदाधिकारी, सदस्यहरूहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले रमणीय प्राकृतिक दृश्यावलीको अवलोकन गर्दै वातावरणीय सन्देश प्रवाह गरेका थिए । कार्यक्रमका समापनमा पर्वत जेसीजका अध्यक्षले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवामा वातावरणप्रतिको प्रेम र जिम्मेवारी बोध गराउने बताए । आगामी दिनहरूमा समेत यस्ता चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यक्रमका संयोजकत्व जेसी निरमाराज भण्डारी गर्नुभऐकाे थियो ।