वन्दाबन्दीलाई सदुपयोग गर्दै दमक जेसीजसहित विभिन्न जेसीजहरुको संयुक्त आयोजनामा १२ दिने योग शिविर सम्पन्न गरिएको थियो।
दमकसहित कपन जेसीज, नारायणगढ जेसीज र बुटवल लेडी जेसीजको संयुक्त आयोजना को पहिलो सेसनको उत्कीर्ण सफलता पछि प्रतेक एरीया बाट अरु थप ३ साखा थप गरी जम्मा १६ साखा को सम्युक्त आयोजन तथा २०२० राष्ट्रिय अध्यक्ष जेसीआई नेपाल प्रमुख कार्यकारी सहायक रविन पोख्रेलको टेक्निकल सहयोगमा १२ दिने योग शिविर सम्पन्न गरिएको थियो। जुम एपमार्फत अनलाईनबाट सञ्चालित योग शिविरमा देशभरिका सय वढीले सहभागिता जनाएका थिए ।
शिविरमा कपन जेसीजका पूर्वअध्यक्ष योग गुरु दुर्गादेव सुवेदी प्रमुख प्रशिक्षक रहेका थिए । बन्दाबन्दीमा योगासनको महत्व र स्वस्थ्य मानिसका लागि योग अनिवार्य भएकाले त्यस प्रकारको अनलाइन प्रशिक्षण सञ्चालन गरिएको थियो।
जेठ २४ देखी असार ३ गतेसम्म दैनिक विहान ६ वजेदेखि ७ ः३० वजेसम्म शिविर सञ्चालन भएको थियो ।