बाट : लाई
:
महासचिव निरुपित राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष
जेसी विनोद घिमिरे निरुपित राष्ट्रिय उपाध्यक्ष
बुटवल जेसीज वर्ष २०२१ महासचिव नेपाल जेसीज २०२१
थापाथलि, काठमाण्डौ
पृष्ठभुमि
:
सन् १९७४ मा स्थापना भएको बुटवल जेसीज यस क्षेत्रकै पुरानो संस्था हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा बुटवल जेसीजले महत्वपूर्ण योगदान पुरयाउँदै विधिको शासनलाई वकालत गर्ने यस संस्थाले एक व्यक्ति एक कार्यकाल एक पद जस्तो सुन्दर नारा लाई अवलम्बन गरेको छ । फलतः वर्ष २०२१ को लागि सर्वसहमत रुपमा बुटवल जेसीजले वर्ष २०२१ को सञ्चालक समिति गठन गरेको कुरा जानकारी गराउँदछौ । बुटवल जेसीज वर्ष २०२१ ले जे.सि. आई को मुख्य प्रकरण On Future र नेपाल जेसीजको मुख्य प्रकरण Rise
to Change, Leadership Practice for human development
लाई प्राथमिकतामा राखेर Lead
Together, Learn Together
प्रकरणमा केन्द्रित रहि कार्य सम्पादन गर्ने लक्ष्यका साथ अघि वढेको छ ।
कार्यक्रम : ४७ औै पदस्थापन समारोह
क्षेत्र : व्यक्तिगत÷सामुदायिक
संयोजक : बुटवल जेसीज सचिवालय
स्थान :
सिद्धार्थ कटेज, बुटवल
मिति : २०७७ माघ ८ तदनुसार २१ जनवरी २०२१
सहभागि
महिला : ३०० जना
पुरुष : ३५० जना
जम्मा : ६५० जना
उद्येश्य
:
बुटवल जेसीज वर्ष २०२० को कार्य समितिबाट ४७ औै शाखा अधिवेशनद्धारा निर्वाचित कार्यसमितिलाई पदबहार हस्तान्तरण गर्नु ।
कार्यविधि
:
औपचारिक समारोह
मुख्य भाग
:
बुटवल जेसीजको ४७ औं पदस्थापन समारोह बुटवल स्थित सिद्धार्थ कटेजमा सम्पन्न भयो । नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री, नेपाली काङ्ग्रेसका युवा नेता माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यता र नेपाली काङ्ग्रेस लुम्विनी प्रदेशका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य माननीय फकरुद्धिन खानको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको सोहि कार्यक्रममा बुटवल जेसीज बर्ष २०२० को नेतृत्वले वर्ष २०२१ को नव निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गरेको थियो ।
बुटवल जेसीज वर्ष २०२१ मा निर्वाचित कार्य समितिको नामावलि
अध्यक्ष
:
जेसी गोपाल चापागाँई
कार्यकारिणि उपाध्यक्ष
:
जेसी अर्जुन गौतम
कार्यकारिणि उपाध्यक्ष
:
जेसी महेश पाण्डे
कानुनी सल्लाहकार
:
जेसी हरिविक्रम कुवँर
महासचिव
: जेसी विनोद घिमिरे
कोषाध्यक्ष
: जेसी अर्जुन खनाल
उपाध्यक्ष
: जेसी अमर खत्री
उपाध्यक्ष
: जेसी मोहन न्यौपाने
उपाध्यक्ष
: जेसी गोपाल न्यौपाने
उपाध्यक्ष
: जेसी आविष्कार खनाल
सह सचिव
: जेसी लेखनाथ पाण्डे
सह कोषाध्यक्ष
:
जेसी शशिराज वेल्वासे
बुटवल जेसीजको ४७ औं पदस्थापन समारोहमा सार्थक २०२० स्मारिका विमोचन भएको थियो । उक्त समारोहमा बुटवल जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट युवा पुरस्कार रक्तदाता समूह रुपन्देहिका संयोजक श्री कृष्ण चौहान तथा श्री गणेशमान सैंजु बुटवल जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र के.सि लाई सम्मान सहित प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर जगत बहादुर पोखरेल, नेपाल जेसीज वर्ष २०२० का कानुनी सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे, नेपाल जेसीज वर्ष २०२१ का कायकारिणि उपाध्याक्ष जेसी भोजराज चापागाँई, राष्ट्रिय उपाध्याक्ष जेसी कल्पना पाण्डे, देवदह नगरपालिकाका प्रमुख हिरा वहादुर खत्री तथा बुटवल जेसीजका पूर्व अध्यक्षहरुको साक्षीमा वर्ष २०२० का अध्यक्ष जेसी राजिव गौतमले २०२१ का अध्यक्ष जेसी गोपाल चापागाँई लाई सपथ गराउनुभएको थियो । त्यसलगत्तै माथी उल्लेखित निर्वाचित तथा मनोनित पदाधिकारिलाई नवनिर्वाचित अध्यक्ष जेसी गोपाल चापागाँई ले जेसीजको विधान अनुसार सपथ गराई पदिय जिम्मेवारी प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिले बुटवल जेसीज वर्ष २०२१ को मुख्य प्रकरण Lead
Together, Learn Together
को विमोचन गनुभएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका पूर्व अध्यक्ष सिनेटर मनोज भट्टराईले गनुभएको थियो ।
अपेक्षित उपलब्धि
:
बुटवल जेसीज वर्ष २०२० को कार्य समितिले नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्नु ।
प्राप्त उपलब्धि
:
- एक वर्ष एक व्यक्ति एक कार्यकाल जस्तो सुन्दर नारा लाई अरु संघसंस्थामा अबलम्बन गर्न प्रेरित गर्नु ।
- जेसीज अभियानलाई समुदायमा परिचित गराउन सफल हुनु ।
- युवाहरुलाई जेसीज अभियान प्रति आबद्ध गर्न सफल हुनु ।
- जेसीजको : Mission, Vision लाई समुदायस्तरमा प्रवाह गरी सकरात्मक उर्जा प्रदान गर्न सफल हुनु ।