आज मिति २०७७ माघ २३ गतेका दिन दमक जेसिजका अध्यक्ष जे.सी. सुयोग खरेल ज्यूको अध्यक्षतामा दमक जेसिजले महिनावारी उमेरमा प्रवेश गर्नुभएका कक्षा ७ देखि कक्षा १० सम्म अध्यान्रत अक्फोर्ड अंग्रेजी माध्यामीक विद्यालय, दमक ३, ढुकुरपानीका छात्राहरुलाई सेनेटरी प्याड निःशूल्क वितरण गरेको छ । यस कार्यक्रको संयोजन दमक जेसिज वर्ष २०२१ की सचिव जे.सी. सुनिता आचार्यले गर्नु भएको छ । कार्यक्रमको प्रमुख अतिथिको आतित्यथा श्री डिल्ली प्रसाद चापगाई ( अक्फोर्ड अंग्रेजी माध्यामीक विद्यालय, प्राचार्य) ले गर्नु भएको थियो भने अतिथिको रुपमा कञ्चनजंघा हस्पिटल ईक्युप्मेन्ट प्रा.ली, अर्जुधाराका प्रवन्धक श्री श्री रुशिल श्रेष्ठ र यसै संस्थाका बजार व्यवस्थापक श्री स्यामन्त पोख्रेलले गर्नु भएको छ ।
महिनावारी सम्बन्धी उचित ज्ञान तथा सेनेटरी प्याडका किसिम साथै सेनेटरी प्याडको उचित प्रयोगको विषयमा अतिथिद्वयले प्रकाश पार्नु भएको थियो । स्कुलका शिक्षिका तथा छात्राहरुको उपस्थीतीमा कार्यक्रम सफलताका साथ सम्पन भयो ।
उपस्थीत सहभागी संख्याः ५० जना छात्रा तथा शिक्षिका