Fellowship Programme
2021-03-20 / 2021-03-20     08:00:00am - 06:00:00pm     Host Chapter: Tribhuwannagar

Location : Tulsipur, Dang Organized By : JCI


बहुशाखा फेलाेसिप कार्यक्रम

जेसीआई त्रिभुवननगर, जेसीआई लमही, जेसीआई दाङ लेडी, जेसीआई तुलसीपुरनगर र जेसीआई सल्यानकाे संयुक्त फेलाेसिप कार्यक्रम मिति २०७७ चैत्र ७ गते शनिबारका दिन तुलसीपुर स्थित राप्ति शान्ति उद्यानमा जेसीआई त्रिभुवननगर बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माकाे अध्यक्षतामा सम्पन्न भयाे ।  फेलाेसिप कार्यक्रम जेसीआई त्रिभुवननगरले मातृत्व प्दान गरेका अन्य ४ शाखाहरु  जेसीआई लमही, जेसीआई दाङ लेडी, जेसीआई तुलसीपुरनगर र जेसीआई सल्यानका १२० बढीकाे सहभागिता रहेकाे थियाे । शाखाका सदस्यहरुबीच आत्मियता र भाइचारा बढाउने उद्देश्यका साथ आयाेजित उक्त कार्यक्रममा जेसीआई लमहीका अध्यक्ष जेसी दुलमदास चाैधरी, जेसीआई दाङ लेडीका अध्यक्षा जेसी ममता विष्ट, जेसीआई तुलसीपुरनगरका अध्यक्ष जेसी  नेत्रलाल भट्टराई (नारायण), जेसीआई सल्यानका अध्यक्ष माेहन सारु, नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारीलगायत पूर्वअध्यक्षहरुले शाखाकाे भराेसा, विश्वास र अत्मियता बढाउन सबैले भूमिका खेल्नु पर्ने र सबै एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जाेड दिनुभएकाे थियाे ।  जेसीआई दाङ लेडीकी कार्यकारीणी उपाध्यक्ष जेसी जुन कुमारी बुढाकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा धन्यवाद मन्तव्य  जेसीआई त्रिभुवननगरका BIT संयाेजक जेसी खेमराज बस्नेतले दिनुभएकाे थियाे भने सहजीकरण  जेसीआई तुलसीपुर नगरका महासचिव जेसी दामाेदर न्याैपानेले गर्नुभएकाे थियाे । 

JCI Events Archive