देवदह जेसीज र वाग्लुङ्ग जेसीज बिच भगिनी सम्बन्ध नविकरण कार्यक्रम सम्पन्न
2021-11-12 / 2021-11-12     05:00:00pm - 08:00:00pm     Host Chapter: Devdaha

Location : पाठक फुडल्यान्ड Organized By : JCI


वर्ष २०२० मा कायम भएको देवदह जेसीज र वाग्लुङ्ग जेसीज बिच भगिनी सम्बन्ध मिति २०७८/०७/२६ गते देवदह जेसीज र वाग्लुङ्ग जेसीज बिच भगिनी सम्बन्ध नविकरण कार्यक्रम भव्य रुपमा होटेल पाठक फुडल्यान्डमा सम्पन्न भएको छ । वाग्लुङ्ग जेसीजका साथीहरुलाई देवदहका पर्यटकिय स्थहरुको अवलोकन गराई बिदाई गरिएको थियो ।
ने.का. क्षेत्र नं. १ का क्षेत्रिय सभापति, देवदह नगर प्रमुख तथा देवदह जेसीका मानार्थ सदस्य हिरा बहादुर खत्रि ज्यू प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा वाग्लुङ्ग जेसीजका अध्यक्ष जेसी आनन्द प्र. रेग्मी, नेपाल जेसीजका राष्ट्रिय का.का.उपाध्यक्ष जेसी भोजराज चापागाई ज्यू, देवदह जेसीजका संथापक अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्षका सल्लाकार सिनेटर विजय गुरुङ्ग ज्यू, छिमेकी साखाका अध्यक्ष ज्यूहरु लगाएतको गरिमामय उपस्थिती रहेको थियो ।
यस कार्यक्रमका संयोजक देवदह जेसीज वर्ष २०२१ का निवर्तमान अध्यक्ष जेसी सुरेन्द्र अधिकारी ज्यूे रहनु भएको थियो । उक्त कार्यक्रम सफल बनाउन उपस्थित संपुर्णमा हार्दिक नमन ।

JCI Events Archive