कोहलपुर जेसिजद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहिद दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममाको प्रमुख अतिथि नेपाल रेड्क्रस सोसाइटी उप शाखा कोहलपुरका सभापति नारायण गौडेल रहनु भएको थियो । कोहलपुर जेसिजका पुर्व अध्यक्ष ज्युहरु लागाएत का विभिन्न क्षेत्रका रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कोहलपुर जेसिज वर्ष 2022 का अध्यक्ष जेसि ईश्वर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५१ पोका रगत संकलन भएको थियो ।