Event Description
निर्धारित कार्यक्रमको तालिका अनुसार कार्यक्रमको संचालन दमक जेसिज वर्ष २०२१ का महासचिव जेसि निरज आचार्य बाट सुभारम्भ भएको थियो । कार्यक्रमको संयोजक को आसन ग्रहण पस्चात वर्ष २०२१ को वोर्डको परिचयका साथै अध्यक्ष जेसि सुयोग खरेल बाट मायाको चिनो वितरण गरियो । कार्यक्रममा दमक जेसिजका पुर्व अध्यक्ष हरु, विभिन्न संघ संस्थाका प्रमुखहरु ,विभिन्न राजनैतिक पार्टिका प्रमुख ,वद्धिजिवीहरु, जेसिजका विभिन्न शाखाहरुबाट पल्नुभएका महानुभाहरुलार्ई क्रमैसँग यथा स्थानमा अतिथिको आसन ग्रहण गराउदै मायाको चिनो वितरण गरियो । विशिष्ट अतिथीहरुमा दमक नपा का मेयर रोमनाथ ओली ,नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारी , क्षेत्र क निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष सिनेटर दिपेन्द्र निरौला लाई विशिष्ट अतिथीमा आसनग्रहण गरिएको कार्यक्रममा प्रमुख अतिथी अन्तरिक मामिला तथा कानुन मन्त्रि माननीय केदार कार्की हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता दमक जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि सुयोग खरेलले गर्नु भएको थियो । अतिथी ,विशिष्ट अतिथी,प्रमुख अतिथीहरुको आसनग्रहण पश्चात कार्यक्रम संयोजक जेसि सन्दीप न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रमुख अतिथि ज्युले पानसमा दिप प्रज्वलन गरी समुदघाटन गरियो भने कार्यक्रमको तालिका अनुसार जेसिज आस्था,राष्ट्रिय गान सम्पन्न गरियो ।
महासचिवद्वारा संन्चालित कार्यक्ममा पुन मायाको चिनो वितरण गर्दै अध्यक्ष जे सी सुयोग खरेल बाट अध्यक्षको मन्तव्य राख्नुभएको थियो । बर्ष २०२२ को वोर्डको तर्फवाट अध्यक्षलाई मायाको चिनो प्रदान गरि पहिलो चरणको कार्यक्रम समापन गरी वर्ष २०२२ का निर्वाचन आयुक्तलाई कार्यक्रम हस्तान्तरण गरियो ।निर्वाचन आयुक्तले दमक जेसिजको ४१ औं साधारण सभाको हरेक गतिविधिको फेहरिस्ता प्रस्तुत गर्दै निर्बाचित पदाधिकारीहरुको क्रमैसग घोषणा गर्नुभयो । बर्ष २०२२ का अध्यक्षद्धरा मनोनित सदस्यहरुको घोषणा गरि बर्ष २०२२ को बोर्डलाई पुर्णता दिदै मर्यादाक्रम अनुसार सभा समक्ष सफत ग्रहण सम्पन्न गरियो । नव निर्वाचित बर्ष २०२२ का अध्यक्षको प्रथम महिला सहित आसनग्रहण गरि निवर्तमान अध्यक्षलाई भुपु अध्यक्षको क्लवमा स्वागत गरि बर्ष २०२१ का अध्यक्षलाई निवर्तमान अध्यक्ष घोषणा गरियो । नवनिर्वाचित अध्यक्ष जेसि सन्जीब बराल बाट स्वाकरोक्ती मन्तव्य पछि निर्वाचन आयुक्तद्धरा नवनिर्वाचित महासचिव जेसि मुकेश अग्रवाल लाई कार्यक्रम हस्तान्तरण गरियो । महासचिवले स्वागत सम्मानलाई जोड्दै क्रमैसग अतिथि , विशिष्ट अतिथि र प्रमुख अतिथीहरुले स्वागत सम्मान सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । अन्तमा ३५० जना भन्दा बढि उपस्थित रहेको हलमा सभाध्यक्ष गरिरहनु भएका बर्ष २०२२ का अध्यक्षको धन्यवाद मन्तव्य सहित सम्पुर्ण सहभागि रात्रिकालिन भोजमा सहभागि हुन अनुरोध गर्दै कार्यक्रमको अन्त भएको घोषण गर्नु भएको थियो।