Lom Officer Multichapter Training
2022-02-26 / 2022-02-26     12:30:00pm - 07:30:00pm     Host Chapter: Damak

Location : Damak Organized By : JCI


LOM Officer MultiChapter Training उल्लेखमय उपस्थितिमा वर्तमान अवस्थाको आवसेक्ता अनुसार भव्य रूपमा सम्पन्न भएको छ। दमक उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रमको आयोजना दमक जेसीज, गौरादह जेसीज तथा कमलनगर जेसीजले संयुक्त रूपमा गरेका थिए । यस कार्यक्रममा प्रमुख अतिथि दमक न.पा उपमेयर गीता अधिकारीज्यू, बिशिष्ट अतिथिद्वय नेपाल जेसीज पूर्ब राष्टिय अध्यक्ष जेसिआई सिनेटर प्रकाश प्र. अधिकारीज्यू र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठज्यू, प्रमुख प्रशिक्षक नेपाल जेसीजका Executive Vice President जेसी दिपेन्द्न निरौलाज्यू, अतिथि नेपाल जेसीजका उपाध्यक्ष जेसी कुमार सिंह सावाज्यू, सम्पूर्ण उपस्थित दमक जेसीजका पूर्ब अध्यक्षज्यूहरु, लगायत दमक, कमलनगर र गौरादह जेसीजका IPP ज्यूहरूहरुको उपस्तिथि रहेको थियो । दमक जेसीजका अध्यक्ष जेसी सन्जिब बरालको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगरपालिकाकि उप प्रमुख गिता अधिकारीले गर्नु भएको थियो । EVP NJC, Assign Area A का दिपेन्द्र निरौलाले सम्पूर्ण पदाधिकारीहरुलाई तालिम प्रदान गर्नु भएको थियो । कार्यक्रम सम्योजक दमक जेसीज का तालीम निर्देशक जे सी राजेन्द्र बिमलीले गर्नु भयेको थियो।

अत्यन्त प्रभावकारी रुपमा सञ्चालित यस तालिम मा सहजकर्ता ज्युले नवनिर्वाचित तीनै वटा शाखाका पदाधिकारीहरुलाई आफ्ना पद र दायित्वको विषयमा बताउनुभएको थियो । जेसीज अरु सङ संस्था भन्दा कसरी भिन्न छ, अनि हामी ले हाम्रो संस्थामा किन गौरव गर्नु जरुरी छ भन्ने बिषयमा समेत जानकारी गराउनुभएको थियो ,प्रशिक्षणपछि सहजकर्ता ज्युको तालिमको विषयमा तीनैवटा शाखाका पूर्व अध्यक्ष लगायत सम्पूर्ण सहभागी हरूले तालिमको तारिफ गरेका थिए, नेपाल जेसिसले multi chapter तालिम लाई प्राथमिकता दिदै गरेको अवस्थामा chapter बिच सम्बन्ध समेत विस्तार हुने उद्देश्यले यस कार्यक्रम संयुक्त रुपमा आयोजना गरिएको थियो।



JCI Events Archive