होली मिलन कार्यक्रम
2022-03-18 / 2022-03-18     01:30:00am - 04:00:00am     Host Chapter: Dang Lady

Location : घोराही दाङ Organized By : JCI


मिति २०७८/१२/४ गते शुक्रवारका दिन दाङ महिला जेसिजको आयोजनामा शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष एवं विविसि सम्वाददाता वसुन्धरा गौतम ज्युको प्रमुख आतिथ्यतामा दाङ महिला जेसिज सचिवालयमा होली मिलन कार्यक्रम सम्पन्न गरियो। सदस्य जेसि भिमा डि सीले आस्था पाठ गर्नु भएको थियो भने स्वागत मन्तव्य सम्योजक जेसि सन्गिता रोकायले गर्नुभएको थियो । प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । होली पर्वले एकआपसमा सद्भाव, सहिष्णुता एवं भाईचाराको सम्बन्ध स्थापित गरोस् सवैको जीवन रङ्गिन बनोस भन्दै प्रमुख अतिथी ज्युले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले पालै पालो शुभकामना आदानप्रदान गर्नुभएको थियो।२६ जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको ।

JCI Events Archive