अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ गतेका दिन इमाडोल जेसीजका पुरुष पदाधिकारीहरुले नारी पदाधिकारीहरुको लागि स–सम्मान आयोजना गर्नु भएको “क्यान्डल लाइट रिफ्रेस्मेंट फर वुमन” कार्यक्रम आयोजना गरिएको थियो । एकआपसी सद्भाव र समान अस्तित्वको सम्मानका लागि आयोजित उक्त कार्यक्रममा क्षेत्र ग का लागि निरुपित नेपाल जेसीजका कार्यकारीणि उपाध्यक्ष जेसी रमा प्याकुरेलको गरिमामय उपस्थीति रहेको थियो ।