मिति २०७९/१/३ गते शनिबारका दिन नेपाल जेसिजकाे आयोजना तथा दाङ महिला जेसिजको आतिथ्यतामा नेपाल जेसिज क्षेत्र घ एवम दाङ महिला जेसिजका लागि निरुपित वर्ष २०२२का राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप अग्रहरी ज्यु को अध्यक्षता, क्षेत्र घ निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी अनिल बहादुर शाहि ज्यु को, विशिष्ट आतिथ्यता एवम् संविधान सभाका मुख्य सचेतक माननिय अनिता देवकोटा ज्यु को प्रमुख आतिथ्यतामा "नेपाल जेसिज २०२२ अध्यक्ष भेला क्षेत्र 'घ' समारोह होटल माला इन घोराही दाङ मा सम्पन्न गरियो।
दाङ महिला जेसिजका शाखा सम्पादक जेसि अर्चना शर्माको जेसिज आस्थाको अगुवाइबाट सुरु भएको उक्त कार्यक्रममा प्रकरण निर्देशक जेसी नोमिका चौधरीले जेसिजको मिसन भिजन वाचन गर्नु भएको थियो भने कार्यक्रममा गोरख नाथ वैदिक गुरुकुलका बटुकहरुले स्वस्ति वाचन गर्नुभएको थियो।
आतिथ्य शाखा जेसिआइ दाङ लेडिका शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युले कार्यक्रममा उपस्थित सम्पुर्णलाइ मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथी ज्युले पानसमा दीप प्रज्वलन तथा जेसिजका सस्थापक हेनरि गिसन वियरको तस्विरमा माल्यार्पण गरि कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। समुद्घाटन समारोह पश्चात नेपाल जेसिजको सेडुल अनुसार एरिया डिका शाखा अध्यक्ष ज्युहरुसङग मिटिङ सन्चाल भएको थियो जसको अध्यक्षता दाङ लेडि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सन्दीप अग्रहरीले गर्नुभएको थियो यसै क्रममा NEVP जेसी अनिल बहादुर शाहि ज्युले नेपाल जेसिज वर्ष 2022 का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर लालमणि भण्डारी ज्युको शुभकामना संदेश सुनाउनुभएको थियो
त्यसपछि पुनः जेसी सन्दीप अग्रहरी ज्युको अध्यक्षतामा उक्त कार्यक्रमको समापन समारोह सम्पन्न गरिएको थियो जस्मा सहभागीको तर्फबाट नवलपुर जेसिजका शाखा अध्यक्ष जेसी राधिका भुसाल र नेपालगन्ज जेसिजका शाखा अध्यक्ष चिरञ्जीवी शर्माले आफ्ना भनाइहरु राख्नुभएको थियो यसै कार्यक्रमबिच आतिथ्य साखाका अध्यक्ष जेसी शारदा घर्तीले एरिया डि का सम्पुर्ण अध्यक्ष ज्युहरु विशिस्ट अतिथि ज्यु तथा एरिया डि निरुपित 3 जना राष्ट्रिय उपाध्यक्ष ज्युहरुलाइ मायाको चिनोका साथै सौजन्यदाताहरुलाइ सम्मान पत्र प्रदान गर्नुभएको थियो। भने कार्यक्रमम उपस्थित सम्पुर्ण लाइ दाङ महिला जेसिजका कानुनि सल्लाहकार एवम् उक्त कार्यक्रमका मुल संयोजक जेसी अनिता धकालले धन्यवादसहित मन्तव्य दिनुभएको थियो
अत्यन्तै अनुशासित मर्यादित एवम् सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण दाङ महिला जेसिजका महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियो।